जारी विश्वकप फुटबलअन्तर्गत शनिबार इजिप्ट र इरानबिच भएको खेल खेल १–१ गोलको बराबरीमा टुंगिएको छ।
एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड हुँदा इरान बराबरीमा रोकिन बाध्य भएको हो।
खेल सुरु भएको पाँच मिनेटमै इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए।
खेलको ११औँ मिनेटमा इरानले पेनाल्टीको अवसर पाएको थियो। तर मेहदी तारेमी गोल हान्न चुके।
त्यसपछि १४औँ मिनेटमा इरानका रमिन रजाइनले गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको अन्तिममा थपिएको समयमा इरानले गोल हानेको थियो। तर त्यसलाई रेफ्रीले अफसाइड ठहर गरे।
यो नतिजासँगै इजिप्ट समूह ‘जी’मा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ। ५ अंक नै बटुलेको बेल्जियम समूह विजेता बनेको छ।
तीन अंकका साथ तेस्रो स्थानमा रहेको इरान नकआउट चरणमा पुग्ने सम्भावना अझै बाँकी छ।
Shares

प्रतिक्रिया