ग्लोबल


केदारनाथ ‘रोपवे’ परियोजना भारतले गर्‍यो स्वीकृत, ९ घण्टाको बाटो ३६ मिनेटमा छोटिने

केदारनाथ ‘रोपवे’ परियोजना भारतले गर्‍यो स्वीकृत, ९ घण्टाको बाटो ३६ मिनेटमा छोटिने

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ८:५, काठमाडौँ

भारत सरकारले बहुप्रतीक्षित केदारनाथ ‘रोपवे’ परियोजनालाई स्वीकृति दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए) ले सोनप्रयागदेखि केदारनाथसम्मको १२.९ किलोमिटर लामो रोपवे परियोजना अनुमोदन गरेको हो।

यससँगै अब ‘रोपवे’मार्फत केदारनाथ ३६ मिनेटमै पुग्न सकिने भएको छ। हाल पैदल वा खच्चडबाट जाँदा केदारनाथ पुग्न ८/९ घण्टा लाग्छ। 

यस परियोजनाबाट वार्षिक हजारौँ तीर्थयात्रीले लाभ पाउने अपेक्षा गरिएको छ।

भारत   सरकारले जारी गरेको विज्ञप्तिअनुसार केदारनाथ रोपवे परियोजना डिजाइन, निर्माण, वित्त, सञ्चालन तथा हस्तान्तरण मोडलमा विकास गरिनेछ।

परियोजनाको लागत ४,०८१.२८ करोड रुपैयाँ रहेको बताइएको छ। 

केदारनाथ रोपवे समुद्री सतहबाट ३,५८३ मिटर उचाइमा रहनेछ। यो विश्वकै सबैभन्दा लामो रोपवेमध्ये एक हुनेछ।

केदारनाथ रोपवेले घण्टामा ३,६०० यात्रु ओसारपसार गर्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad