ग्लोबल


सिरियाली सेना र असद समर्थकबीच भीषण लडाइँ

सिरियाली सेना र असद समर्थकबीच भीषण लडाइँ

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ९:४१, काठमाडौँ

सिरियाको राजधानी दमास्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकबीच भीषण लडाइँ भएको छ।

देशको उत्तरपश्चिमी तटीय क्षेत्रमा रहेको रुसी नियन्त्रित एयरबेसनजिकै रहेको लताकिया प्रान्तमा भएको झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ।

डिसेम्बरमा बसर अल-असदको सरकार पतनपछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो।

मारिएका मानिसहरूको संख्या फरक-फरक आइरहेका छन्।

बिहीबार अबेर राति सिरियास्थित स्टेप समाचार एजेन्सीले दिएको खबरअनुसार सरकार समर्थक सेनाको आक्रमणमा झन्डै ७० पूर्वसरकारी लडाकु मारिएका छन् भने २५ भन्दा बढीलाई जाब्लेह र वरपरका क्षेत्रमा पक्राउ गरिएको छ।

एएफपी समाचार एजेन्सीले भने एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै १६ जना सरकारी सुरक्षाकर्मी, २८ जना असद समर्थक लडाकु र ४ नागरिकसहित जम्मा ४८ जनाको मृत्यु भएको उल्लेख गरेको छ। 

सिरियाली रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल हसन अब्दुल घानीले राज्य सञ्चारमाध्यम मार्फत लताकियामा लडिरहेका असद समर्थकहरूलाई चेतावनी दिएका छन्।

सिरियामा गत वर्ष डिसेम्बर ८ मा बसर अल-असदलाई सत्ताबाट हटाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad