ग्लोबल


युक्रेनको प्रस्ताव : आकाश र समुद्रमा युद्धविराम गरौँ, जमिनमा होइन

युक्रेनको प्रस्ताव : आकाश र समुद्रमा युद्धविराम गरौँ, जमिनमा होइन

नेपालखबर
फागुन २६, २०८१ सोमबार २०:२५,

मंगलबार साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुँदैछ। जहाँ युक्रेनले अमेरिकासँग खनिज सम्झौताबारे सहमति गर्ने आपेक्षा गरिएको छ।

बदलामा अमेरिकाले युक्रेनलाई के प्रस्ताव गर्छ, स्पष्ट भइसकेको छैन। तर, युक्रेनले भने आकाश र समुद्रमा युद्धविराम हुनुपर्ने सर्त राख्ने सो मुलुकका अधिकारीहरूले बताएका छन्।

तर, जमिनमा भने युद्धविराम नगर्ने युक्रेनको प्रस्ताव छ। 

‘युद्धविराम चाहनुहुन्छ तपाईं? हामी तयार छौँ। तर, जमिनमा होइन। किनकि पुटिनले केही महिना युद्धविराम गरेर आफ्ना घाइतेको उपचार गर्ने छन्, उत्तर कोरियाबाट सैनिक भर्ती गर्ने छन् अनि फेरि युद्ध सुरु गर्ने छन्,’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेर्गेइ  लेस्चेन्कोले भनेका छन्।

‘ट्रम्पले युद्धविरामको योजना छ भनेर सोधिराखेका छन्। हामी भन्छौँ– छ। हामी आकाशमा युद्धविरामको प्रस्ताव गर्छौं। हामी ड्रोन, क्षेप्यास्त्र र ब्यालिस्टिक क्षेप्यास्त्रको कुरा गर्दैछौँ,’ उनी थप्छन्, ‘हामीले समुद्रमा पनि युद्धविराम प्रस्ताव गर्दैछौँ। हामी आक्रमण नगर्ने वाचा गर्छौं। उसो त यो उल्टो कुरा हो, किनकि काला सागरमा पहल हाम्रो हातमा छ। ऊर्जा क्षेत्रमा पनि आक्रमण नगर्ने हाम्रो सर्त छ।’

रुसले भने युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेको छ। युद्धविरामपछि झन् चर्को युद्ध सुरु हुने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखरोवाको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad