कला


अदालतमै रोइन् अभिनेत्री रान्या

अदालतमै रोइन् अभिनेत्री रान्या

अभिनेत्री रान्या रावको फाइल तस्बिर र उनीबाट बरामद सुन।


नेपालखबर
फागुन २६, २०८१ सोमबार २०:४७, काठमाडौँ

सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेकी कन्नड फिल्म अभिनेत्री तथा डीजीपीकी छोरी रान्या रावलाई बेंगलुरुको विशेष अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।

सोमबार सुनुवाइका लागि उपस्थित हुँदा रान्या अदालतमै रोइन्।

रान्याले अदालतसमक्ष राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) का अधिकारीले मानसिक यातना दिइरहेको गुनासो गरिन्।

अधिकारीहरूले शारीरिक रूपमा नभई मौखिक रूपमा दुर्व्यवहार गरिरहेको उनले बताइन्। 

जसका कारण आफू स्तब्ध भएको र भावनात्मक रूपमा चकनाचुर भएको दुखेसो रान्याले गरिन्। 

इन्डिया टुडेको रिपोर्टअनुसार रान्याले डीआरआई अधिकारीहरूको प्रश्नको जवाफ दिन बन्द गरेपछि आफूलाई दुर्व्यवहार गर्न थालेको बताएकी छन्।

एक वरिष्ठ डीजीपी दर्जाका आईपीएस अधिकारीकी सौतेनी छोरी हर्षवर्धनी रान्या उर्फ ​​रान्या रावलाई एक हप्ताअघि १४.५६ करोड रुपैयाँको सुनसहित बेंगलुरु विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी दुबईबाट आएकी थिइन्। 

अब अदालतले उनलाई मार्च २४ सम्मका लागि न्यायिक हिरासतमा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad