फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवता विरुद्धको अपराधको आरोप लगाउँदै उनी विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो।
हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाटै प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो।
सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एसियाली राष्ट्रको राष्ट्रपति रहँदा डुटेर्टेले लागुऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौँको मृत्यु भएको थियो।
यसअघि आफ्नो सम्भावित गिरफ्तारीबारे उनले आफू जेल जान तयार रहेको बताएका थिए।
फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उनको गिरफ्तारीलाई ‘ऐतिहासिक क्षण’ भनेको छ।
153
Shares

प्रतिक्रिया