ग्लोबल


फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्तेलाई रातारात पुर्‍याइयो हेग

फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्तेलाई रातारात पुर्‍याइयो हेग

फाइल तस्बिर: फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते


नेपालखबर
फागुन २९, २०८१ बिहिबार ९:३५, काठमाडौँ

प्रहरीको नियन्त्रणमा रहेका फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुर्‍याइएको छ।

मानवताविरुद्धको अपराध गरेको अभियोगमा आईसीसीले जारी गरेको पक्राउपुर्जीअनुसार दुतेर्तेलाई हङकङबाट फर्किनासाथ मंगलबार बिहान फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो।

त्यसको १२ घण्टापछि उनलाई हेग पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनका एक वकिल मार्टिन डेल्ग्राले सामाजिक सञ्जालमा गरेको पोस्टमा ७९ वर्षीय दुतेर्तेलाई हेग लैजाने सानो विमानको तस्बिर देखाइएको छ। जहाँ उनका नजिकका सहयोगी पनि देखिएका छन्। 

सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एसियाली राष्ट्रको राष्ट्रपति रहँदा डुटेर्टेले लागुऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौँको मृत्यु भएको थियो।

फिलिपिन्समा मानव अधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उनको गिरफ्तारीलाई ‘ऐतिहासिक क्षण’ भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad