ग्लोबल


गाजा कब्जा गर्ने प्रस्तावबाट पछि हटे ट्रम्प, हमासले गर्‍यो स्वागत

गाजा कब्जा गर्ने प्रस्तावबाट पछि हटे ट्रम्प, हमासले गर्‍यो स्वागत

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १५:३५,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्यालेस्टिनीहरूलाई गाजाबाट हटाउने प्रस्तावबाट पछि हटेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले गाजाबाट कसैलाई ननिकालिने बताएका हुन्।

यसअघि ट्रम्पले बेन्यामिन नेतन्याहुसँगको भेटपछि गाजा अमेरिकाले नियन्त्रण गर्ने र त्यसलाई सुन्दर सहरका रुपमा विकास गर्ने बताएका थिए। जसलाई इजरायलले पनि समर्थन गरेको थियो।

तर, बुधबार ट्रम्पले भने, ‘कसैले कुनै पनि प्यालेस्टिनीलाई गाजाबाट हटाउँदैन।’

ट्रम्पको यो पछिल्लो भनाइको हमासले स्वागत गरेको छ।

‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले गाजाका जनतालाई विस्थापित गर्ने कुरा फिर्ता लिएको जनाउँछ भने हामी त्यसको स्वागत गर्छौं,’ हमासका प्रवक्ता हाजिम कासिमलेभ नेका छन्।

ट्रम्पको सो अभिव्यक्ति अरब मुलुकका विदेशमन्त्रीहरूले मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विट्कोफसँग बुधबार कतारमा गरेको वार्तापछि आएको हो। 

सो वार्तामा कतार, जोर्डन, इजिप्ट, साउदी अरब, यूएईलगायतका विदेशमन्त्री सहभागी थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad