समाज


होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १२ जना पक्राउ, ९२ सवारी प्रहरी नियन्त्रणमा

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १२ जना पक्राउ, ९२ सवारी प्रहरी नियन्त्रणमा

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १५:४४, काठमाडौँ

काठमाडौँमा होली खेल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा होली खेल्नेक्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज बिहीबार १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 
 
पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन्। 

प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोड ३ पुरुष, कोटेश्वरचोकबाट ४ पुरुष, सिंहदरबार पश्चिम गेटबाट २ पुरुष र साँखुमूलपानी क्षेत्रबाट १ पुरुषलाई नियन्त्रणमा पक्राउ परेका हुन्।  

त्यस्तै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

नेपालटारबाट ३ वटा दुईपाङ्ग्रे सवारी, बालाजुबाट ७ वटा दुई पाङ्ग्रे सवारी, ठमेलबाट ६ वटा दुई पाङ्ग्रे सवारी, सोह्रखुट्टेबाट १ वटा मोटर साइकल, गल्कोपाखाबाट १ वटा मोटरसाइकल, कृष्णपाउरोटीबाट ३ वटा मोटरसाइकल, न्युरोड गेटबाट ८ वटा मोटरसाइकल र एक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ 

त्यस्तै फर्पिङचोकबाट ६ वटा मोटरसाइकल, बसपार्कबाट २ मोटरसाइकल र एउटा गाडी, बूढानीलकण्ठ गल्फुटारबाट ४ वटा मोटरसाइकल, कीर्तिपुरबाट २ वटा मोटरसाइकल, महाराजगञ्जबाट ४ वटा मोटरसाइकल, कोटेश्वरबाट ४ वटा मोटरसाइकल, सिंहदरबार पश्चिम गेटबाट २ वटा मोटरसाइकल, साँखु मुलपानी बौद्ध क्षेत्रबाट १० वटा मोटरसाइकल, कलंकी चोकबाट १४ मोटरसाइकल, खसीबजार चोक कलंकीबाट १० मोटरसाइकल, बल्खुचोकबाट २ मोटरसाइकल र त्रिपुरेश्वरचोकबाट १ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यो दिउँसो २ बजेसम्मको तथ्यांक भएको प्रहरीको भनाइ छ।   

होलीमा हुनसक्ने अवान्छित क्रियाकलाप नियन्त्रणका लागि भनेर ट्राफिक प्रहरीले काठमाडौँका चोकचोकमा जाँच गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad