ग्लोबल


बिहारमा होलीको हुलदंगा नियन्त्रण गर्न गएका असई मारिए

बिहारमा होलीको हुलदंगा नियन्त्रण गर्न गएका असई मारिए

नेपालखबर
चैत २, २०८१ शनिबार १२:४७, काठमाडौँ

होलीको दिन बिहारको मुंगेर जिल्लामा भएको विवादमा असई सन्तोष कुमार सिंहको मृत्यु भएको छ। यो जानकारी बिहार प्रहरी संघका अध्यक्ष मृत्युञ्जय कुमार सिंहले दिएका हुन्। 

उनका अनुसार सन्तोष कुमारको उपचारका क्रममा राति करिब ३ बजे मृत्यु भएको हो। 

बिहार प्रहरी संघका अध्यक्ष सिंहले भने, ‘घटना निकै दु:खद छ । घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। साथै यसमा अरु को-को संलग्न छन् भनेर प्रहरीले पत्ता लगाउँदै छ।’

मुंगेरका एसपी सैयद इमरान मसुदका अनुसार नन्दलालपुर गाउँमा रक्सी पिएपछि रणवीर कुमारको परिवारले हंगामा मच्चाएको खबर आएको थियो।

त्यसपछि असई सन्तोषकुमार सिंह टोलीसहित घटनास्थल पुगेका थिए।

एसपी मसुदले भने, ‘घटनास्थलमा पुगेपछि रणवीर कुमार र उनको सम्पूर्ण परिवार एकजुट भएर उनलाई आक्रमण गरे। उनको टाउकोमा गम्भीर चोट लाग्यो। त्यसपछि उनलाई उपचारको लागि सदर अस्पताल लगिएको थियो, जहाँबाट उनलाई पटना रिफर गरिएको थियो।

तर उपचारका क्रममा उनको मृत्यु भएको उनले बताए। 

उनले भने, ‘आक्रमणकारीको सम्पूर्ण परिवार फरार छ। उनीहरूको खोजीमा सबै टोली खटिएका छन् । दोषी जो कोही भए पनि चाँडोभन्दा चाँडो पक्राउ पर्नेछ।’

गत मंगलबार मात्र बिहारमै अभियुक्त पक्रिन जाँदा असई राजीवकुमार मल्ल स्थानीयको आक्रमणमा मारिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad