उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा ५१ जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएको छ।
सो मुलुकको गृह मन्त्रालयले जनाएअनुसार आइतबार सबेरै आगलागी भएको थियो। राजधानी स्कोप्याबाट १०० सय किमि टाढा कोचानी नामक सहरमा सो घटना भएको हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओहरूमा भवन आगो दन्किएको देख्न सकिन्छ। आगो बिहान ३ बजे सुरु भएको थियो।
त्यसबेला एउटा लोकप्रिय स्थानीय हिपहप जोडीले प्रस्तुति दिइरहेको थियो। कन्सर्टमा १ हजार ५ सय जना उपस्थित रहेको बताइएको छ।
मञ्चबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ।
201
Shares

प्रतिक्रिया