ग्लोबल


इजरायलले फेरि थाल्यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

इजरायलले फेरि थाल्यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

नेपालखबर
चैत ५, २०८१ मंगलबार ८:१४, काठमाडौँ

इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ।

सेनाले विज्ञप्ति जारी हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको जानकारी दिएको हो। 

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल-बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ।

साथै खान युनिस र रफाहमा पनि भवनई लक्ष्य गरेर आक्रमण गरिएको छ। 

गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताले गरेका प्रस्ताव अस्वीकार गरेपछि यो आक्रमण भएको हो’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad