तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
म्याग्दे गाउँपालिका-६ ओटाङदीस्थित कच्ची सडकमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाका अनुसार ग १ त ५६८९ नम्बर ट्याक्टर सडकबाट तल खस्दा विकको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
516
Shares

प्रतिक्रिया