ग्लोबल


हुथीले हान्यो इजरायली विमानस्थल ताकेर ब्यालिस्टिक मिसाइल

हुथीले हान्यो इजरायली विमानस्थल ताकेर ब्यालिस्टिक मिसाइल

हुथीले इजरायलको तेल अभिभनजिकैको बेन गुरियन विमानस्थलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो।


नेपालखबर
चैत ७, २०८१ बिहिबार ११:३४, काठमाडौँ

यमनको हुथी समूहले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। 

तर त्यसलाई इजरायलले रोकेको बीबीसीले जनाएको छ।

हुथी समूहका सैन्य प्रवक्ताले टेलिभिजनमा प्रसारित विज्ञप्तिमा ब्यालिस्टिक मिसाइल तेल अभिभनजिकैको बेन गुरियन विमानस्थलतर्फ प्रहार गरिएको उल्लेख गरेका छन्। 

इजरायली सुरक्षा बलले इजरायलका केही क्षेत्रमा साइरन बज्न थालेको बताएको छ। यसमा कोही घाइते भएको खबर छैन।

यसैबीच गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बिहीबार बिहान इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ।

हवाई हमलापछि इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ।

हमासको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad