ग्लोबल


बिहारको रेलवे स्टेसनमा गोली चल्दा ३ जनाको मृत्यु, घटना प्रेमसँग सम्बन्धित रहेको आशंका

बिहारको रेलवे स्टेसनमा गोली चल्दा ३ जनाको मृत्यु, घटना प्रेमसँग सम्बन्धित रहेको आशंका

मृतकका आफन्त


नेपालखबर
चैत १३, २०८१ बुधबार ८:१७, काठमाडौँ

भारत बिहारको आरा रेलवे स्टेसनमा मंगलबार राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको बताए।

तीन जनाको शव निकालिएको छ। यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित हुन सक्ने आशंका प्रहरीले गरेको छ।

रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट पाण्डाले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका थिए। उनी भोजपुरका बासिन्दा थिए।’

‘आरोपित अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरे। त्यसपछि आफैँलाई गोली हाने।’

यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

उनले भने, ‘हामीले हत्यामा प्रयोग गरिएको हतियार जफत गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad