ग्लोबल


हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन

हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन

गाजामा हमासविरुद्ध मंगलबार भएको प्रदर्शन।


नेपालखबर
चैत १३, २०८१ बुधबार ९:३४, काठमाडौँ

गाजामा हमासले सत्ता छाड्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ। 

बीबीसीका अनुसार मंगलबार गाजामा हमासविरुद्ध उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौँ मानिसले प्रदर्शन गरेका हुन्।

इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजामा भएको यति ठूलो मात्रामा विरोध प्रदर्शन भएको यो पहिलोपटक भएको बताइएको छ।

प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका छन्।

यसैबीच नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे।

केही लडाकुको हातमा हतियार पनि थिए। उनीहरूले प्रदर्शनकारीलाई कुटपिट पनि गरे।

यसैबीच हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडिओ भाइरल बनाएका छन्।

जसमा युवाहरूहरूले ‘बाहिर...बाहिर...बाहिर...हमास बाहिर...’ भन्ने नारा लगाइरहेका छन्। 

हमास समर्थकहरूले भने प्रदर्शनलाई सामान्य भनेका छन्। उनीहरूले प्रदर्शनमा भाग लिनेहरू 'देशद्रोही' भएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad