ग्लोबल


क्यानडाका प्रधानमन्त्रीले भने: अमेरिकासँगको पुरानो सम्बन्ध सकियो

क्यानडाका प्रधानमन्त्रीले भने: अमेरिकासँगको पुरानो सम्बन्ध सकियो

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
चैत १५, २०८१ शुक्रबार ९:४, काठमाडौँ

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध अब अन्त्य भएको बताएका छन्। 

राजधानी ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क लगाउने निर्णयले क्यानेडियालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पार्ने बताए।

मार्क कार्नीले क्यानडाले पनि प्रतिशोधात्मक कर लगाउने उल्लेख गर्दै यसले सबैभन्दा बढी असर अमेरिकालाई पर्ने दाबी गरे।

ट्रम्पले बुधबार अमेरिका आयात हुने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। 

कार्नीले क्यानडा र संयुक्त राज्य अमेरिकाबीचको १९६५ को अटोमोटिभ उत्पादन सम्झौतालाई अहिलेसम्मकै महत्त्वपूर्ण सम्झौता भन्दै यी शुल्कसँगै अब त्यो समाप्त भएको बताए। 

यद्यपि कार्नीले भनेका छन्, ‘ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएको छ र दुई नेताबीच चाँडै वार्ता हुन सक्छ।’

यसो भयो भने कार्नी प्रधानमन्त्री बनेपछि उनी र ट्रम्पबीच फोनमा कुराकानी पहिलोपटक हुनेछ।

क्यानडामा अर्को महिना आम चुनाव हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad