ग्लोबल


पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या

पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या

नेपालखबर
चैत १८, २०८१ सोमबार १०:५७, काठमाडौँ

पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ।

धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ।

यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर फर्किरहेका बेला नदिमलाई गोली हानिएको थियो।

५६ वर्षीय नदिम सरकारी संस्थामा सफाइ कर्मचारी थिए। गोली हानेपछि भागेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नदिमका भाइ सागर अमिनले आफ्नो एफआईआर (जाहेरी) मा उनका दाइ कोलोनीमा हुँदा मुश्ताक नामका व्यक्तिले गोली हानेका हुन्। सुरुमा गोली लागेर गम्भीर घाइते भएका नदिमको पछि मृत्यु भयो।

एफआईआर अनुसार, पक्राउ परेका व्यक्तिले दुई-तीन महिनादेखि नदिमलाई इस्लाम धर्म अपनाउन कर गरिरहेका थिए। तर नदिमले अस्वीकार गरेकाले उनको टाउकोमा गोली हानिएको हो। 

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दूलाई बताएअनुसार हत्यापछि अभियुक्त तुरुन्तै भागेका थिए। यसपछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा गठन गरिएको प्रहरीको विशेष टोलीले २४ घण्टाभित्र मुश्ताकलाई चारसद्दाबाट पक्राउ गरेको हो। 

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नदिम अमिनको हत्या गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad