ग्लोबल


पुटिनसँग रिसाए ट्रम्प

युद्धविराम गर्न सहमत नभए रुसबाट आउने तेलमा ५० प्रतिशत भन्सार लगाउने चतावनी
पुटिनसँग रिसाए ट्रम्प

फाइल तस्बिर: ट्रम्प र पुटिन


नेपालखबर
चैत १८, २०८१ सोमबार ११:१३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दु:खी भएको बताएका छन्।

एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा उनले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामा आक्रमण गरेको आरोप लगाए।

अन्तर्वार्तामा ट्रम्पले पुटिन युद्धविराम गर्न सहमत भएनन् भने रुसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत भन्सार महसुल लगाइने चतावनी दिएका छन्।

ट्रम्पले भने, ‘रुस र म युक्रेनमा रक्तपात रोक्न सम्झौता गर्न सकिएन भने मलाई लाग्छ- यो रुसको गल्ती हुनेछ र म रुसबाट आउने सबै तेलमा थप कर लगाउनेछु।’

ट्रम्पको यस बयानमा अमेरिकी राष्ट्रपति कार्यालयबाट भने कुनै प्रतिक्रिया आएको छैन।

युरोपेली नेताहरू युक्रेनमा युद्धविरामका लागि वार्ता गर्दा ट्रम्प पुटिनको नजिक जाँदै छन् भनेर चिन्तित थिए।

एनबीसी न्युजमा ट्रम्पले १० मिनेट फोन अन्तर्वार्ता दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad