ग्लोबल


ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ

ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ

नेपालखबर
असार १०, २०८३ बुधबार २१:१०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज स्ट्रेट (जलमार्ग)  प्रयोग गर्ने जहाजहरूलाई कुनै शुल्क नलिइने बताएको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले अमेरिकालाई सञ्चारमाध्यममा आएका खबरविपरीत हर्मुज स्ट्रेट भएर यात्रा गर्ने जहाजहरूलाई कुनै टोल, बिमा शुल्क वा अन्य शुल्क नलिने जानकारी गराएको छ।’

साथै उनले अगाडि लेखेका छन्, ‘यदि यो जानकारी गलत साबित भयो भने वार्ता तुरुन्तै अन्त्य गरिनेछ।’

उल्लेखनीय छ- इरान र अमेरिकाबिच हस्ताक्षर भएको सम्झौताअन्तर्गत ६० दिनसम्म हर्मुज मार्गमा कुनै शुल्क नलिइने उल्लेख छ। 

यद्यपि इरानले यस अवधिपछि ओमानसँगको सम्झौताका आधारमा यसले नेभिगेसन सेवा, सुरक्षा र वातावरणीय संरक्षणका लागि जहाजहरूसँग शुल्क लिइने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad