ग्लोबल


यसै महिना नयाँ अध्यक्ष चयन गर्दै भाजपा

यसै महिना नयाँ अध्यक्ष चयन गर्दै भाजपा

फाइल तस्बिर: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष जेपी नड्डा


नेपालखबर
चैत १९, २०८१ मंगलबार २०:२३, काठमाडौँ

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले यसै महिना नयाँ राष्ट्रिय अध्यक्ष पाउने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी नागपुर भ्रमणबाट फर्किएपछि भाजपाको नयाँ अध्यक्ष चयनको कुरा अघि बढेको हो।

स्रोतका अनुसार मोदी र संघ प्रमुख मोहन भागवतबीच मार्च ३० मा भएको भेटमा नयाँ अध्यक्षको नाममा छलफल भएको छ। 

मोदी नागपुरबाट फर्किएपछि वरिष्ठ पार्टी नेताहरूसँग पनि वार्ता भएको छ। 

प्रधानमन्त्री मोदीले भाजपाका वर्तमान अध्यक्ष जेपी नड्डा, अमित शाह, राजनाथ सिंह र संगठनका महामन्त्री बीएल सन्तोषसँग राज्यहरूको संगठनात्मक चुनावबारे छलफल गरे।

स्रोतका अनुसार प्रधानमन्त्री मोदीले नड्डा र बीएल सन्तोषलाई यसै महिनामा भाजपा अध्यक्षको चुनाव सम्पन्न गर्न आग्रह गरेका छन्।

भाजपाले अहिलेसम्म १३ राज्यमा प्रदेश अध्यक्ष निर्वाचित गरिसकेको छ। राष्ट्रिय अध्यक्ष चयन गर्न १९ राज्यमा चुनाव सम्पन्न हुनुपर्छ।

स्रोतका अनुसार उत्तर प्रदेश, पश्चिम बंगाललगायत बाँकी अधिकांश राज्यका प्रदेश अध्यक्षको नाम अर्को हप्तासम्ममा घोषणा गरिनेछ। यसको अर्थ ५० प्रतिशत राज्यमा चुनाव सम्पन्न भएपछि राष्ट्रिय अध्यक्षको निर्वाचन हुन सक्छ।

हाल केन्द्रीय मन्त्री जेपी नड्डा पार्टीका अध्यक्ष छन्। जेपी नड्डालाई २०१९ मा कार्यकारी अध्यक्ष बनाइएको थियो र जनवरी २०२० मा उनी भाजपाको राष्ट्रिय अध्यक्ष बनेका हुन्।

लोकसभा चुनावलाई ध्यानमा राख्दै, नको कार्यकाल जुन २०२४ सम्म बढाइएको थियो। अब उनी केन्द्रीय मन्त्री बनिसकेकाले पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेछ।

भाजपामा राष्ट्रिय अध्यक्षको निर्वाचनको लागि निश्चित नियम र प्रक्रिया छ। यी नियम पूरा गर्न ढिलाइ भएकाले अहिलेसम्म राष्ट्रिय अध्यक्षको निर्वाचन हुन सकेको छैन।

पार्टीको नियमअनुसार भाजपा अध्यक्षको कार्यकाल ३ वर्षको हुन्छ। कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी पार्टीको अध्यक्ष बन्न सक्दैन। यस्तो अवस्थामा अब पार्टीका नयाँ अध्यक्षले आफ्नो कार्यकालमा १२ वटा महत्त्वपूर्ण चुनाव गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad