भारत उत्तर प्रदेशको कौशाम्बी जिल्लामा एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ।
जहाँ श्रीमान्ले श्रीमतीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा भेट्छन्। तर उल्टै श्रीमतीले प्रेमीसँग मिलेर उनलाई निर्मम कुटपिट गर्छिन्। यति मात्र होइन, उनलाई सौरभ हत्या प्रकरणजस्तै मारेर शवलाई ड्रममा हालिदिने धम्की दिन्छिन्।
आजतकका अनुसार पीडित राजकुमार साहुले २३ अप्रिल २००४ मा साधना साहुसँग बिहे गरेका थिए। उनीहरूका ४ सन्तान पनि छन्।
सुरुमा सबै ठीक थियो, तर बिस्तारै श्रीमतीको व्यवहार बदलियो। राजकुमारका अनुसार उनकी श्रीमतीले गाउँकै एक युवकसँग प्रेम गर्न थालेकी थिइन्।
मार्च २७ राति ९ बजेतिर घर पुग्दा राजकुमारले श्रीमतीलाई उनका प्रेमीसँग रंगेहात समाते। विरोध गर्दा श्रीमतीले प्रेमीसँग मिलेर कुटपिट गरिन् र ५०,००० रुपैयाँ मागिन्।
यसअघि पनि प्रहरीमा उजुरी परेको थियो, तर मिलापत्र गराइएको थियो।
पीडितले एसपी कार्यालयमा उजुरी दिएपछि एसपी ब्रजेश कुमार श्रीवास्तवले कोखराज प्रहरीलाई अनुसन्धान गर्न र कारबाही गर्न आदेश दिएका छन्। घटनापछि पीडितले आफूलाई धेरै डर लागेको बताएका छन्।
Shares

प्रतिक्रिया