ग्लोबल


इजरायल–लेबनन युद्धविराम हेजबुल्लाहले गर्‍यो अस्वीकार

इजरायल–लेबनन युद्धविराम हेजबुल्लाहले गर्‍यो अस्वीकार

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार ६:३, काठमाडौँ

लेबननी सशस्त्र समूह हेज्बुल्लाहले इजरायल र लेबनानबिच गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ।

यसअघि बुधबार अमेरिकाले हेज्बुल्लाहले आक्रमण बन्द गर्नुपर्ने सर्तमा इजरायल र लेबनन युद्धविराम लागु गर्न सहमत भएको बताएको थियो। 

तर त्यसलाई मान्न नसकिने हेजबुल्लाहले बताएको हो। 

हेजबुल्लाह प्रमुख नैम कासेमले विज्ञप्ति जारी गरी सम्झौता ‘बेकार’ र ‘लेबनानका लागि अपमानजनक’ भएको बताएका छन्।

उनले लेबननी जनताको ठुलो हिस्साले पनि सम्झौता स्वीकार नगर्ने दाबी गरेका छन्। 

बिहीबार उनले भनेका छन्, ‘यस युद्धविरामअन्तर्गत हेज्बुल्लाहले गोलाबारी बन्द गर्नुपर्नेछ र इजरायली सीमा नजिकैको दक्षिणी क्षेत्रबाट आफ्ना लडाकु फिर्ता गर्नुपर्नेछ। वास्तवमा यो आत्मसमर्पण बराबर हो र यसले इजरायलको लक्ष्य पूरा हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad