ग्लोबल


इजरायली ड्रोन आक्रमणमा २ छोरासहित मारिए हमासका वरिष्ठ नेता

इजरायली ड्रोन आक्रमणमा २ छोरासहित मारिए हमासका वरिष्ठ नेता

हसन फरहत


नेपालखबर
चैत २२, २०८१ शुक्रबार २०:३३, काठमाडौँ

लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोरा मारिएको लेबनानी सेना र अल जदीद टिभी च्यानलले जनाएको छ। 

इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा स्रोतले जनाएको छ। क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागी हुदाँ फरहत र उनका दुई छोराको मृत्यु भएको स्रोतले जनाएको छ। 

अपार्टमेन्टमा फैलिएको आगो अग्नि नियन्त्रक तथा नागरिक सुरक्षाका कर्मचारीहरूले  निभाएको तथा लेबनानी रेड क्रसका एम्बुलेन्सले शव अस्पताल पुर्‍याएको  रिपोर्ट गरिएको छ। 

सन् २०२४ नोभेम्बर–२७ मा सुरु भएको हमला हेजबुल्लाह र इजरायलबिचको युद्धविरामको बाबजुद इजरायली सेनाले लेबनानको सिमानाका पाँच प्रमुख बिन्दुमा सैन्य उपस्थिति कायम राखी आक्रमण गरिरहेकोे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad