विभिन्न देशलाई भन्सार शुल्क लगाउँदा अमेरिकाको सेयर बजारमा ठूलो गिरावट आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले प्रतिक्रिया व्यक्त गरेका छन्।
यसलाई उनले रोग निको पार्न औषधि खानुसँग तुलना गरेका छन्।
ट्रम्पले मिडियासँग भनेका छन्, ‘म केहि पनि बिग्रियोस् भन्ने चाहन्नँ, तर कहिलेकाहीँ चिजहरू ठीक गर्न औषधि खानुपर्छ।’
भन्सार शुल्क घोषणाले अमेरिकामा सेयर बजारमा गिरावट आए पनि रोजगारी र लगानी फिर्ता आइरहेको दाबी गरेका छन्।
साथै उनले अब विश्वले चाँडै अमेरिकालाई नराम्रो व्यवहार गर्न बन्द गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
603
Shares

प्रतिक्रिया