इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।
बीबीसीका अनुसार सोमबार ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटमा इरान, भन्सार शुल्क (ट्यारिफ) र हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका विषयमा छलफल भएको छ।
यसैबीच जब राष्ट्रपति ट्रम्पलाई सोधियो कि त्यहाँ ट्यारिफ लगाउन कुनै रोक छ?
जवाफमा उनले भने, ‘हामी यस्तो सोचिरहेका छैनौँ। हामीसँग व्यापार सम्झौता गर्न धेरै देश आउँदै छन्, तर यी सम्झौता निष्पक्ष हुनेछन्।’
यस विषयमा प्रधानमन्त्री नेतन्याहुले भने, ‘हामी अमेरिकासँगको व्यापार घाटा हटाउनेछौँ। हामी छिट्टै यो गर्न चाहन्छौँ। हामीलाई लाग्छ- यो सही कदम हो र हामी व्यापारका अवरोध पनि हटाउनेछौँ।’
इजरायलका प्रधानमन्त्री नेतन्याहु अमेरिकाले विश्वका विभिन्न देशलाई भन्सार शुल्क तोकेपछि राष्ट्रपति ट्रम्प भेट्ने पहिलो अन्तर्राष्ट्रिय नेता हुन्।
Shares

प्रतिक्रिया