ग्लोबल


छोरीको बिहे हुनु ९ दिनअघि हुनेवाला ज्वाइँसँग भागिन् सासू

छोरीको बिहे हुनु ९ दिनअघि हुनेवाला ज्वाइँसँग भागिन् सासू

बिहेको प्रतीकात्मक तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:५०, काठमाडौँ

भारतको उत्तरप्रदेशस्थित अलीगढमा एउटा अचम्मको घटना भएको छ। त्यहाँ एउटी महिला छोरीका लागि तय गरिएको भावी ज्वाइँसँग भागेकी छन्। 

छोरीको बिहे हुनु ९ दिनअघि उनी घरका गरहगना र नगद लिएर हुनेवाला ज्वाइँसँग गएकी हुन्। 

परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

हिन्दुस्तानका अनुसार घटना अलीगढको मद्राक थाना क्षेत्रस्थित एउटा गाउँको हो।

गाउँका एक व्यक्तिले अलीगढको दादोन थाना क्षेत्रको एक गाउँका केटासँग आफ्नी छोरीको विवाह तय गरेका थिए। विवाहको मिति अप्रिल १६ का लागि तय भइसकेको थियो। 

तर त्यसको ९ दिनअघि केटीकी आमा नै छोरीको हुनेवाला बेहुलासँग फरार भएका हुन्। 

हुनेवाला ज्वाइँ र सासूबीच लगातार फोन कुराकानी
छोरीको बिहेको मिति तयपछि उनकी आमाले हुनेवाला ज्वाइँसँग फोनमा लगातार कुरा गर्न थालिन्। उनीहरूबीच कुराकानी हुन थाल्यो। गोप्य रूपमा फोन गर्न थाले।

यसैबीच गत आइतबार ज्वाइँ हुनेवाला केटा आफ्नो परिवारलाई विवाहका लुगा किन्न भनेर घरबाट निस्के। पछि बुवालाई फोन गरेर म हिँडे, अब मलाई नखोज्नू भने। यति भनेर उनले फोन काटिदिए। 

केही दिनपछि बिहे गर्न लागेको छोराको यस्तो कुरा सुनेर बुबा बेचैन भए। तैपनि परिवारले उसलाई केही चिन्ता पर्‍यो कि भन्ने साच्यो। 

तर साँझ परिसक्दा पनि उनी न घर फर्किए, न फोन सम्पर्क नै।

यसपछि उनका बुवाले छोराका भावी ससुरालाई फोन गरेर सोधे– छोरा त्यता आएको हो त?

तर जवाफमा केटीका बुवाले आफ्नी पत्नी (भावी सासू) पनि घरबाट बेपत्ता भएको बताए।  अनि दराजमा रहेका सुनका गरगहना र करिब साढे दुई लाख रुपैयाँ पनि नरहेको उनले सुनाए। 

अहिले त्यस क्षेत्रा यो घटनाको व्यापक चर्चा भइरहेको छ। मानिसहरू अचम्ममा परेका छन्- एउटी हुनेवाला सासू आफ्नै ज्वाइँलाई कसरी भाग्न सकेको!

गोपनीयताका लागि होला- उनीहरूको परिचय भने समाचारमा खुलाइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad