ग्लोबल


चीनले लियो बदला : सम्पूर्ण अमेरिकी सामानमा ८४ प्रतिशत महसुल

दुई आर्थिक महाशक्तिबीच झनै चर्कियो व्यापार युद्ध
चीनले लियो बदला : सम्पूर्ण अमेरिकी सामानमा ८४ प्रतिशत महसुल

नेपालखबर
चैत २७, २०८१ बुधबार १७:४९,

डोनाल्ड ट्रम्पले लगाएको १०४ प्रतिशत आयात करको बदलामा चीनले ८४ प्रतिशत महसुल घोषणा गरेको छ। यससँगै विश्वकै सबैभन्दा ठूला दुई अर्थतन्त्रबीच व्यापार युद्ध थप चर्किएको छ।

बुधबार चिनियाँ वित्त मन्त्रालयले अमेरिकाबाट आयात हुने सम्पूर्ण समानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको हो। यो कर भोलिबाट लागू हुने मन्त्रालयको भनाइ छ। 

ट्रम्पले चिनियाँ सामानमा लगाएको १०४ प्रतिशत कर बुधबारदेखि नै लागू भएको छ।

अमेरिकाले लगाएको करविरुद्ध यसअघि चीनले ३४ प्रतिशत कर घोषणा गरेको थियो। तर, ट्रम्पले पुनः कर ५० अंकले वृद्धि गरेपछि चीनले पनि उति नै मात्रामा कर थपेको हो।

ट्रम्पले आफूले ६० मुलुकविरुद्ध उच्च कर घोषणा गरेपछि सबैले फोन गरेर सौदाबाजी गर्न मरिहत्ते गरिरहेको दाबी गरेका छन्।

यद्यपि, चीनले भने नझुक्ने बताउँदै आएको छ। उसले ट्रम्पको कर गल्तीमाथिको गल्ती भएको बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad