ग्लोबल


चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु

चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १२:४४, काठमाडौँ

चट्याङ, हावाहुरी र वर्षाका कारण भारतका बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको छ।

बिहारको आधिकारिक तथ्यांकअनुसार बिहीबार नालन्दामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको हो। 

बीबीसी हिन्दीका अनुसार यसअघि बुधबार पनि बेगुसरायमा ५, दरभंगामा ४, मधुवनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको थियो। 

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

अप्रिल १० (बिहीबार) उत्तर प्रदेशको राहत कमिश्नरको कार्यालयले जारी गरेको तथ्या‌ंकअनुसार,  कूल २२ मानिस र ४५ जनावर मरेका छन् भने ५ घरमा क्षति पुगेको छ।

चट्याङका कारण फतेहपुर, आजमगढ, फिरोजाबाद, कानपुर देहात, सीतापुर, गाजीपुर, गोंडा, अमेठी, सन्त कवीर नगर र सिद्धार्थ नगर जिल्लामा जनधनको क्षति भएको छ।

आँधीले बलिया, कन्नौज, बाराबंकी, जौनपुर र उन्नाव जिल्लामा पनि ज्यान गएको छ। 

यसैबीच बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन वर्षा र हावाहुरी जारी रहने भारतीय मौसम विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad