ग्लोबल


मुम्बई हमलाका ‘मास्टरमाइन्ड’ राणालाई अदालतले पठायो १८ दिनको हिरासत

मुम्बई हमलाका ‘मास्टरमाइन्ड’ राणालाई अदालतले पठायो १८ दिनको हिरासत

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १८:३९, काठमाडौँ

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २६/११ मुम्बई हमलाका ‘मास्टरमाइन्ड’ तहव्वुर राणालाई दिल्लीको विशेष अदालतको आदेशपछि हिरासतमा लिएको छ।

अमेरिकाबाट बिहीबार सुपुर्दगी गरिएका (भारत ल्याइएका) राणालाई एजेन्सीले पटियाला हाउसस्थित एनआईए विशेष अदालतमा पेस गरेको थियो। अदालतले राणालाई १८ दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

एनआईएले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा तहव्वुर राणालाई नियन्त्रणमा लिएको जनाएको छ।

एनआईएका अनुसार १८ दिनको हिरासतमा तहव्वुर राणासँग २००८ को मुम्बई हमलाको सम्पूर्ण षड्यन्त्रबारे सोधपुछ गरिने छ।

यस हमलामा १६६ जनाको ज्यान गएको थियो भने २३८ भन्दा बढी घाइते भएका थिए।

पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा यसअघि अमेरिकी जेलमा थिए।

अमेरिकामा तहव्वुर राणालाई २०१३ मा उनका साथी डेभिड कोलम्यान हेडलीसँगै मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएकामा दोषी ठहर्‍याइएको थियो।

भारतले राणाको सुपुर्दगीका लागि लामो समयदेखि अमेरिकासँग माग गरिरहेको थियो।

तहव्वुर राणालाई एफबीआईले अक्टोबर २००९ मा अमेरिकाको शिकागोमा पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad