ग्लोबल


भारतका १७ राज्यमा आज आँधीको खतरा

भारतका १७ राज्यमा आज आँधीको खतरा

नेपालखबर
चैत ३१, २०८१ आइतबार १५:०, काठमाडौँ

भारतको मौसम विभागले आज (आइतबार) मध्य प्रदेश, उत्तर प्रदेश र बिहारसहित १७ राज्यमा आँधीबेहरीको चेतावनी जारी गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थानमा धुलोयुक्त आँधीको चेतावनी दिइएको छ भने यसको प्रभाव दिल्लीसम्म पुग्ने अनुमान छ।

राजस्थानमा शनिबार मात्र चट्याङ र आँधीका कारण दुई जनाको मृत्यु भएको छ।

यस्तै शुक्रबार राति सिरोहीमा आएको शक्तिशाली आँधीका कारण रूख ढलेर एक महिलाको ज्यान गएको छ।

भारतीय मौसम विभागका अनुसार आगामी २४ घण्टामा उत्तर प्रदेशका ४७ जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ। चट्याङसँगै असिना पर्ने सम्भावना छ।

आज पटनासहित बिहारका २४ जिल्लामा आँधीबेहरी र वर्षाको चेतावनी दिइएको छ। मध्यप्रदेशका २४ जिल्लामा वर्षाको सम्भावना छ।

भारतीय मौसम विभागका अनुसार पश्चिमी विक्षोभको चक्रवाती परिसंचरण र ट्रफको गतिविधि कम भएपछि तीव्र गर्मीको प्रभाव सुरु हुनेछ।

अप्रिल १५ पछि राजस्थान, पन्जाब, हरियाणा, दिल्ली, मध्य प्रदेश र उत्तर प्रदेशमा गर्मीको लहर आउने अनुमान गरिएको छ। यस अवधिमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad