अमेरिकाले युक्रेनस्थित रुसी ग्यास युरोप पुर्याउने पाइपलाइनको नियन्त्रण आफूले पाउनुपर्ने माग गरेको छ। यसबाट युक्रेनी अधिकारीहरू क्रुद्ध भएका छन्।
खनिज सम्झौताबारे छलफल गर्न अमेरिकी र युक्रेनी अधिकारीहरूबीच शुक्रबार वार्ता भएको थियो। रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई दिएको हतियारको सट्टा दुर्लभ खनिज हात पार्न चाहन्छन् डोनाल्ड ट्रम्प।
तर, सो वार्ता कटुतापूर्ण बन्दै गएको रोयटर्सले जनाएको छ। फेब्रुअरीमा अमेरिकाले अघि सारेको प्रस्तावभन्दा अहिलेको प्रस्ताव अझ कठिन रहेको बताइएको छ।
अमेरिकाको पछिल्लो प्रस्तावमा सो ग्यास पाइपलाइनमा अमेरिकी सरकारको इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनको नियन्त्रण हुनुपर्ने माग छ।
सो पाइपालाइन पश्चिमी रुसको सुद्जा सहरबाट १२ सय किमि टाढा पार्ने स्लोभाकियाको सीमामा पर्ने युक्रेनको उज्गोरोदसम्म छ। सोभियतकालमा निर्मित यो पाइपलाइन प्रमुख राष्ट्रिय पूर्वाधार र ऊर्जा मार्गमध्ये एक हो।
सो मार्गबाट हुँदै आएको ग्यास आपूर्ति पाँच वर्षे सम्झौता सकिएसँगै युक्रेनले जनवरी १ मा कटौती गरिदिएको थियो। ट्रान्जिट शुल्कका रुपमा यो पाइपलाइनबाट युक्रेनले करोडौँ युरो कमाउँदै आएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया