युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिब विटकफविरुद्ध आक्रोश पोखेका छन्।
रुस-युक्रेन युद्धका विषयमा भूमिका खेलिरहेका विटकफले 'रुसी न्यारेटिभ' फैलाइरहेको आरोप लगाएका हुन्।
हालै फक्स न्युजलाई दिएको अन्तर्वार्तामा विटकफले रुस-युक्रेन युद्ध ती पाँच क्षेत्रमा निर्भर रहेको र तीमध्ये अधिकांश क्षेत्रमा रुसको कब्जामा रहेको दाबी गरेका थिए।
बीबीसीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको करिब ५ घण्टा लामो बैठकपछि विटकफले उक्त कुरा बताएका हुन्।
विटकफको उक्त अन्तर्वार्ताबारे प्रतिक्रिया दिँदै जेलेन्स्कीले भनेका छन्- मलाई के लाग्छ भने विटकफले रुसको पक्ष लिने रणनीति अपनाएका छन्। 'जानीबुझी वा अन्जानमै उनले रुसी न्यारेटिभ फैलाइरहेका छन्। वस्तवमा यो निकै खतरनाक हो।'
विटकफले पूर्वी युक्रेनस्थित जेपोरिजिया, दोनेत्स्क, खेरसान तथा लुहान्सको कुरा गरेका हुन्, जसका अधिकांश भागमा रुसको कब्जा छ।
पाँचौं क्षेत्र क्रिमिया हो, जुन २०१४ मा रुसले कब्जा गरेको थियो।
Shares

प्रतिक्रिया