ग्लोबल


जम्मु-कस्मिरका मुख्यमन्त्री सवार इन्डिगो विमान मध्यराति ‘डाइभर्ट’

जम्मु-कस्मिरका मुख्यमन्त्री सवार इन्डिगो विमान मध्यराति ‘डाइभर्ट’

मुख्यमन्त्री उमर अब्दुल्लाहले असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्नो तस्बिर पोस्ट गरेका छन्।


नेपालखबर
बैशाख ७, २०८२ आइतबार ७:५७, काठमाडौँ

जम्मु-कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार मध्यरातमा जयपुरका लागि दिल्ली जाने इन्डिगोको उडानलाई डाइभर्ट गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

मुख्यमन्त्री अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुबाट उडान भरेको ३ घण्टापछि हाम्रो उडान जयपुर डाइभर्ट गरियो। अब म बिहान १ बजे उडानको सिँढीमा उभिरहेको छु र ताजा हावा लिइरहेको छु। हामी यहाँबाट कहिले निस्कनेछौँ भन्ने मलाई थाहा नै छैन।’

तर उनले केही घण्टापछि अर्को पोस्ट गरी आफू बिहान ३ बजेपछि दिल्ली पुगेको उल्लेख गरेका छन्। 

यस विषयमा इन्डिगो एयरलाइन्सबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। तर शुक्रबार साँझ उसले ट्राभल एडभाइजरी जारी गरेको थियो। 

जसमा इन्डिगोले श्रीनगरको मौसमले उडान सञ्चालनलाई असर गरिरहेको उल्लेख गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad