ग्लोबल


अमेरिकामा ट्रम्पविरुद्ध ‘५०५०१’ आन्दोलन

अमेरिकामा ट्रम्पविरुद्ध ‘५०५०१’ आन्दोलन

तस्बिर : ट्रम्पविरुद्धका प्रदर्शन


नेपालखबर
बैशाख ७, २०८२ आइतबार १०:४, काठमाडौँ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेका निर्णयहरूको विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्।

बीबीसीका अनुसार शनिबार प्रदर्शनकारीहरूले किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासन गरिएको र अन्य विभिन्न मुद्दाको विरोध गरेका हुन्।  

यो आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ। यसको अर्थ हो- '५० प्रदर्शन', '५० राज्य', '१ आन्दोलन'।

अमेरिकामा जम्मा ५० राज्य छन्।

यद्यपि, ट्रम्प प्रशासन किल्मर अब्रेगो गार्सियाको अमेरिका फिर्ताको पक्षमा छैन।

साथै प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयको पनि विरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad