ग्लोबल


श्रीमती र तीन सन्तानसहित अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा

श्रीमती र तीन सन्तानसहित अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा

मोदीसँग भेटका क्रममा अमेरिकी उपराष्ट्रपति भान्स, उनका श्रीमती र तीन छोराछोरी


नेपालखबर
बैशाख ९, २०८२ मंगलबार ६:११, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स अहिले भारत भ्रमणमा छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनी परिवारसहित सोमबार भारतको राजधानी दिल्ली आइपुगेका हुन्। 

उपराष्ट्रपति भान्सले त्यही दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको निवासमा भेटेका छन्। प्रधानमन्त्री मोदीले भान्स र उनको परिवारका लागि रात्रिभोज आयोजना गरे। 

यस क्रममा मोदीले भान्स, उनका श्रीमती उषा र उनीहरूका तीन छोराछोरी आफ्नो बगैँचा देखाए।

मोदीसँग भेटका क्रममा अमेरिकी उपराष्ट्रपति भान्स र उनका तीन छोराछोरी

प्रधानमन्त्री मोदीले भान्स र उनको साथमा आएको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता पनि गरे।

बैठकमा द्विपक्षीय व्यापार सम्झौता, ऊर्जा, रक्षा र रणनीतिक प्रविधिजस्ता क्षेत्रमा सहयोग बढाउनेबारे छलफल भयो।

यसअघि जेडी भान्सले आफ्नो परिवारसँग दिल्लीको अक्षरधाम मन्दिरको भ्रमण गरेका थिए।

यसैबीच आज भान्सले राजस्थानका राज्यपाल हरिभाउ बागडे र सीएम भजन लालसँग भेट गर्नेछन्।

यस क्रममा उनी जयपुरको आमेर किल्ला हेर्न जानेछन्। राजस्थान अन्तर्राष्ट्रिय केन्द्रमा व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्।

यसपछि उनी बुधबार उत्तर प्रदेश जाने र आगरामा ताजमहल हेर्ने तालिका छ। 

१३ वर्षपछि अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा आएका हुन्। यसअघि जो बाइडेनले २०१३ मा उपराष्ट्रपतिको रूपमा भारत भ्रमण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad