क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ।
इटालियन मिडियाका अनुसार ब्रेन स्ट्रोकका कारण सोमबार पोपको मृत्यु भएको हो।
उनी इतिहासमा पहिलो ल्याटिन अमेरिकी पोप थिए। पोप केही महिनादेखि बिरामी थिए।
पोपको शव सोमबार राति भ्याटिकनमा एउटा कफिनमा राखिएको छ।
पोप फ्रान्सिसको अन्त्येष्टि ४ दिन पछि हुनेछ।
पोपको निधनमा भारतमा पनि ३ दिनको राजकीय शोक घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पहिलो दुई दिनको शोक अप्रिल २२ र २३ मा हुनेछ भने तेस्रो दिन राजकीय शोक अन्त्येष्टिको दिन हुनेछ।
1.2k
Shares

प्रतिक्रिया