अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शान्ति वार्ता बिथोल्न खोजेको आरोप लगाएका छन्।
यसअघि जेलेन्स्कीले युक्रेनले क्रिमियामा रुसको नियन्त्रणलाई मान्यता नदिने बताएका थिए।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा युद्ध अन्त्य गर्ने सम्झौताको ‘धेरै नजिक’ पुगिएको तर जेलेन्स्कीले अमेरिकी सर्त स्वीकार नगर्दा द्वन्द्व ‘लम्बिने’ अवस्था रहेको उल्लेख गरेका छन्।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताका लागि अमेरिकाको दृष्टिकोणको व्याख्या गर्दै भनेका थिए, यसले 'आज जहाँ क्षेत्रीय सीमा छन् त्यहाँ स्थिरता ल्याउनेछ।'
युक्रेनले लामो समयदेखि क्रिमिया नत्याग्ने अडान लिइरहेको छ। यो क्षेत्र सन् २०१४ मा रुसले अवैध रूपमा कब्जा गरेको थियो।
333
Shares

प्रतिक्रिया