ग्लोबल


बिहारमा मोदीको आक्रोश: आतंककारीलाई माटोमा मिलाउने समय आएको छ (भिडिओ)

बिहारमा मोदीको आक्रोश: आतंककारीलाई माटोमा मिलाउने समय आएको छ (भिडिओ)

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १४:४८, काठमाडौँ

जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहार भ्रमणमा छन्।

यस क्रममा मधुवनीमा राष्ट्रिय पञ्चायती राज दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आतंकवादको ढाड भाँचिदिने बताएका छन्।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘अप्रिल २२ मा आतंककारीहरूले जम्मु-कश्मीरको पहलगाममा निर्दोष देशवासीहरूको निर्मम हत्या गरे। जसका कारण सिंगो देश दुःखी छ। यस दु:खको घडीमा देश सम्पूर्ण पीडित परिवारहरूको साथमा छ। सरकारले हाल उपचार गराइरहेका परिवारका सदस्यहरू चाँडै निको होस् भनेर हरसम्भव प्रयास गरिरहेको छ।’

उनले अगाडि भने, ‘यस आतंकवादी हमलामा कसैले आफ्ना छोरा गुमाएका छन्, कसैले आफ्ना दाजुभाइ गुमाएका छन्, कसैले आफ्ना जीवनसाथी गुमाएका छन्। तिनीहरूमध्ये कोही बंगाली बोल्थे, कोही कन्नड बोल्थे, कोही मराठी थिए, कोही उडिया थिए, कोही गुजराती थिए, कोही बिहारका थिए। आज कारगिलदेखि कन्याकुमारीसम्म ती सबै मानिसको मृत्युमा हाम्रो शोक एउटै छ। हाम्रो आक्रोश उस्तै छ। यो आक्रमण निहत्था पर्यटकहरूमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने दुस्साहस गरेका छन्। म स्पष्ट शब्दमा भन्न चाहन्छु- यो आक्रमण गर्ने र यसको योजना बनाउने आतंककारीहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउनेछन्।’

प्रधानमन्त्री मोदीले अंग्रेजीमा सम्बोधन गर्दै थप भने, ‘आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई भन्छु- हामी आतंककारी र उनीहरूका समर्थकलाई पहिचान गर्नेछौँ र सजाय दिनेछौँ। आतंकवादले भारतको भावनालाई कहिल्यै विभाजन गर्न सक्दैन। आतंकवादीलाई छाडिने छैन। अब आतंककारीका बचेखुचेका आधारलाई पनि माटोमा मिलाउने समय आएको छ।’

१४० करोड भारतीयको इच्छाशक्तिले अब आतंकका मालिकहरूको ढाड भाँचिदिने दाबी मोदीले गरेका छन्। 

मोदीको सम्बोधन भिडिओमा:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad