फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका छन्।
राष्ट्रपति इमानुएल म्याक्रोनले आफूले प्रधानमन्त्री मोदीसँग कुरा गरेको जानकारी शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन्।
उनले एक्समा लेखेका छन्, ‘मैले मेरा समकक्षी नरेन्द्र मोदीसँग मंगलबार भएको कायरतापूर्ण आतंकवादी आक्रमणको बारेमा कुरा गरेँ, जसका कारण धेरै जना निर्दोष नागरिकको दु:खद मृत्यु भयो।’
उनले फ्रान्स यस दुःखको घडीमा भारत र भारतीय जनताको साथमा दृढतापूर्वक उभिएको उल्लेख गरेका छन्।
उनले यो पनि भनेका छन्, ‘आवश्यक परेमा फ्रान्सले आफ्ना सहयोगीहरूसँग मिलेर आतंकवादविरुद्ध लडाइँ जारी राख्नेछ।’
मैंने अभी-अभी अपने समकक्ष @narendramodi से मंगलवार को हुए कायरतापूर्ण आतंकवादी हमले पर बात की, जिसमें दर्जनों निर्दोष नागरिकों की दुखद मृत्यु हुई है।
इस शोक की घड़ी में फ़्रांस भारत और उसके लोगों के साथ दृढ़ता से खड़ा है।
फ़्रांस, अपने सहयोगियों के साथ मिलकर, आतंकवाद के विरुद्ध…— Emmanuel Macron (@EmmanuelMacron) April 24, 2025
मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए।
तर कतिपय भारतीय सञ्चारमाध्यमले मारिएकाको संख्या २८ पनि उल्लेख गरिरहेका छन्। जसमा नेपाली युवा सुदीप न्यौपाने पनि मारिए।
Shares

प्रतिक्रिया