ग्लोबल


इजरायलले भन्यो: संयुक्त राष्ट्रसंघका कर्मचारी हाम्रै गोलीले मारिएका रहेछन्

इजरायलले भन्यो: संयुक्त राष्ट्रसंघका कर्मचारी हाम्रै गोलीले मारिएका रहेछन्

फाइल तस्बिर: गाजाको एक दृश्य


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १०:५, काठमाडौँ

इजरायली सेनाले गत महिना गाजा पट्टीमा संयुक्त राष्ट्रसंघका एक कर्मचारी ट्यांकरबाट चलाइएको गोलीले मारिएको स्वीकार गरेको छ।

यसअघि उसले यो आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको थियो। 

मार्च १९ मा देइर अल-बलाहमा रहेको संयुक्त राष्ट्र संघको परिसरमा भएको आक्रमणमा एक कर्मचारीको मृत्यु भएको थियो भने इजरायल रक्षा बल (आईडीएफ) ले उक्त स्थलमा कुनै पनि आक्रमण नगरेको दाबी गरेको थियो। 

तर बिहीबार उसले घटनाको प्रारम्भिक अनुसन्धानबाट आफ्ना सैनिकले गल्तीले भवनलाई ‘शत्रुको उपस्थिति’ ठानेर आक्रमण गरेको र संयुक्त राष्ट्र संघका कर्मचारीको मृत्यु भएको देखाएको बताएको हो। 

‘शत्रुको उपस्थितिको अनुमानका कारण भवनमा आक्रमण गरिएको थियो र हाम्रा सेनाले यसलाई संयुक्त राष्ट्र संघको भवनको रूपमा पहिचान गरेन’, आईडीएफले विज्ञप्तिमा भनेको छ।

यस हप्ताको सुरुमा आईडीएफले गाजामा गत महिना ‘गलत बुझाइ’का कारण १५ जना आपत्‌कालीन कर्मचारी मारिएको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad