जम्मु-कश्मीरको पहलगाम आतंकवादी हमलाबारे भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको छ।
यस क्रममाएनआईए प्रमुख सदानन्द दाते बिहीबार दिउँसो पहलगाम पुगेका छन्।
२२ अप्रिलमा पहलगाममा आतंकवादी आक्रमण गरी एक नेपालसहित २६ पर्यटकको हत्या गरिएको थियो।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार एनआईए टोलीले अपराध स्थलहरू राम्रोसँग बुझ्न थ्रीडी म्यापिङ गर्नेछ। जसबाट आतंककारीहरू कहाँबाट आए भन्ने जानकारी उपलब्ध हुने बताइएको छ।
अहिलेसम्मको अनुसन्धानले आक्रमण गर्नुअघि आतंककारीहरूले चार ठाउँ- बैसरन उपत्यका, अरु उपत्यका, बेताब उपत्यका र मनोरञ्जन पार्क (स्थानीय पार्क) मा मा रेकी गरेको देखाएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय नौसेनाले युद्धपोतलाई सतर्क अवस्थामा राखेको छ। हालै अरब सागरमा जहाजविरोधी र विमानविरोधी गोलीबारी अभ्यास गरिएको थियो। गुजरातनजिकै तटरक्षक बल पनि तैनाथ गरिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले अमेरिकासँग भारतलाई जिम्मेवारीपूर्वक व्यवहार गर्न र बयानबाजी नगर्न दबाब दिन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया