ग्लोबल


अस्ट्रेलियामा आम चुनाव: प्रधानमन्त्री अल्बानिजलाई विपक्षी नेता डटनको चुनौती

अस्ट्रेलियामा आम चुनाव: प्रधानमन्त्री अल्बानिजलाई विपक्षी नेता डटनको चुनौती

अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिज (बायाँ) र विपक्षी नेता पिटर डटन (दायाँ)।


नेपालखबर
बैशाख २०, २०८२ शनिबार ७:५८, काठमाडौँ

अस्ट्रेलियामा आम चुनाव सुरु भएको छ। अहिले धमाधम मतदान भइरहेको छ। 

बीबीसीका अनुसार यस निर्वाचनको सबैभन्दा ठूलो मुद्दा मुद्रास्फीति हो।

चुनावमा अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पिटर डटन प्रतिस्पर्धामा छन्।

लेबर पार्टीका अल्बानिज २०२२ देखि अस्ट्रेलियाको प्रधानमन्त्री छन्। उनी लगभग ३० वर्षदेखि सांसद छन्।

सत्तामा आएपछि अल्बानिजले निकै लोकप्रियता हासिल गरे, तर हालसालै आवास, आदिवासी, यहुदी र इस्लामोफोबियाजस्ता मुद्दामा दबाबको सामना गर्नुपरेको छ।

प्रधानमन्त्री पदका अर्का उम्मेदवार पिटर डटन कन्जरभेटिभ लिबरल-नेसनल गठबन्धनका नेता हुन्।

विपक्षी दलको नेताका रूपमा यो उनको पहिलो चुनाव हो।

पिटर डटनले यसअघि रक्षा र गृह मामिला जस्ता प्रमुख मन्त्रालय सम्हालेका छन्, तर सामाजिक मुद्दामा उनका टिप्पणी प्रायः विवादास्पद हुने गरेका छन्।

अस्ट्रेलियामा मतदाताले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई मतदान गर्दैनन्। सांसदहरूलाई गर्छन्।

चुनावमा सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad