ग्लोबल


भारतविरुद्ध आक्रोश पोख्दै भुट्टोले भने: सिन्धु नदी हाम्रो जमिनबाट मात्र होइन, नसाबाट पनि बग्छ

भारतविरुद्ध आक्रोश पोख्दै भुट्टोले भने: सिन्धु नदी हाम्रो जमिनबाट मात्र होइन, नसाबाट पनि बग्छ

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १८:४३, काठमाडौँ

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले सिन्धु जल सन्धि निलम्बन पाकिस्तानका लागि सजाय मात्र नभई मानवताविरुद्धकै अपराध भएको बताएका छन्।

मंगलबार राष्ट्रिय सभामा पहलगाम आक्रमणका निहुँमा भारतले चालेका कदमबारे बोल्दै बिलावल भुट्टोले उक्त धारणा राखेका हुन्।

उनले भने, 'भारतले तुरुन्तै आक्रमणका लागि पाकिस्तानलाई दोष दिन थाल्यो, सीमा बन्द गर्यो र परिणाम भोग्ने धम्की दियो।

सिन्धु जल सन्धि निलम्बनबारे भुट्टोले भने, 'सिन्धु नदी हाम्रो जमिनबाट मात्र नभई हाम्रो नसाबाट पनि बग्छ। अब भारतले यो नदी रोक्ने धम्की दिएको छ।'

यो पानीको राजनीतीकरण तथा प्रकृतिविरुद्धकै अपराध भएको टिप्पणी भट्टोले गरे।

उनले भने, 'यो कति पागलपन हो भने तपाईं आफ्नै सिमानाभित्र भएको अपराधका लागि लाखौँ मानिसहरूको खाना र जीविकोपार्जनलाई जोखिममा पार्दै हुनुहुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad