हमासले इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ। उनी गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन्।
हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागका रूपमा यो कदम चालेको हो।
हमासले यो निर्णय त्यस्तो बेला गरेको छ, जतिबेला (मंगलबार) अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणमा जाँदै छन्।
हमासले आफ्नो कदमले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरेको छ। किनकि ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता लान रोकेको छ।
यसअघि हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ।
यसैबीच इजरायलका प्रधानमन्त्री कार्यालयले अमेरिकाले इडेन अलेक्ज्यान्डरको रिहाइबारे पहिले नै जानकारी गराएको बताएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा एडन अलेक्ज्यान्डर रिहा हुने पुष्टि गरेका छन्।
एडन अलेक्ज्यान्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो। तर उनको हुर्काइ अमेरिकाको न्यु जर्सीमा भएको थियो।
२१ वर्षीय अलेक्ज्यान्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए। हमासले उनलाई अक्टोबर ७ मा नियन्त्रणमा लिएको थियो।
Shares

प्रतिक्रिया