ग्लोबल


भारत-पाकिस्तान युद्धविराममा आफ्नो दाबी दोहोर्‍याउँदै ट्रम्पले भने: मलाई युद्ध मन पर्दैन

भारत-पाकिस्तान युद्धविराममा आफ्नो दाबी दोहोर्‍याउँदै ट्रम्पले भने: मलाई युद्ध मन पर्दैन

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ९:१९, काठमाडौँ

साउदी अरब भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम हुनुमा अमेरिकाको हात रहेको दाबी  दोहोर्‍याएका छन्।

राष्ट्रपति ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै  अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान यद्धविराम गर्न सहमत भएको जिकिर गरेका हुन्।

नत्र लाखौँ मानिस मारिन अवस्था बनिसकेको उनले बताए। 

ट्रम्पले भने, 'मेरो सबैभन्दा ठूलो उद्देश्य शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो। मलाई युद्ध मन पर्दैन।'

उनले थपे, "केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो।'

यसका लागि आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको उनलेे बताए।

उनले भने, 'मैले भनेँ- कि सम्झौता गरौँ, व्यापार गरौँ। आणविक क्षेप्यास्त्रहरूको व्यापार नगरौँ, तर तपाईंले यति सुन्दर ढंगले बनाउने चिजहरूको व्यापार गरौँ।'

उनले दुवै देश (भारत र पाकिस्तान) का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताका रूपमा प्रशंसा पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad