ग्लोबल


भारतका रक्षामन्त्रीले भने: त्यो केवल ट्रेलर थियो, ‘अपरेसन सिन्दूर’ सकिएको छैन

आतंकवाद र पाकिस्तान सरकारबीच घनिष्ठ सम्बन्ध रहेको आरोप
भारतका रक्षामन्त्रीले भने: त्यो केवल ट्रेलर थियो, ‘अपरेसन सिन्दूर’ सकिएको छैन

भारतका रक्षामन्त्री राजनाथ सिंह


नेपालखबर
जेठ २, २०८२ शुक्रबार १४:३३, काठमाडौँ

भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानविरुद्धको ‘अपरेसन सिन्दूर’ ट्रेलर मात्र भएको र जारी रहेको बताएका छन्।

गुजरातको भुज एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले अपरेसन सिन्दूर अझै नसकिएको बताएका हुन्। 

उनले भने, ‘अपरेसन सिन्दूर अझै सकिएको छैन। जे भयो त्यो केवल ट्रेलर थियो। सही समय आएपछि हामी संसारलाई पूरा फिल्म देखाउनेछौँ।’

रक्षामन्त्री सिंहले भारतीय सैनिकहरूले अपरेसन सिन्दूरमा चमत्कारी गरेको भन्दै भारतलाई विश्वमै गौरवको पात्र बनाएको बताए। 

यस क्रममा उनले 'अपरेसन सिन्दूर' नाम प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको पनि बताए। 

उनले भने, ‘अब यो स्पष्ट भएको छ- आतंकवाद र पाकिस्तान सरकारबीच घनिष्ठ सम्बन्ध छ। यस अवस्थामा त्यहाँ आणविक हतियार छन् भने ती आतंकवादी तत्त्वका हातमा पर्ने सम्भावना नकार्न सकिँदैन।’

राजनाथ सिंहले थपे, ‘यो भारतका लागि मात्र नभई सम्पूर्ण विश्व र पाकिस्तानका आम जनताका लागि पनि गम्भीर खतरा हो।’

गत अप्रिल २२ तारिख जम्मु-कश्मीरको पहलगाममा २६ जनाको हत्या गर्दै भएको आतंकवादी हमलापछि एकअर्काविरुद्ध सैन्य आक्रमण गरिरहेका भारत र पाकिस्तानबीच मे १० साँझदेखि युद्धविराम सहमति भएको छ।

तर त्यसयता पनि दुई देशबीचको टकराब साम्य भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad