ग्लोबल


पाकिस्तानमा ४० बालबालिका बोकेको स्कुल बसमा बम आक्रमण, ५ जनाको मृत्यु

पाकिस्तानमा ४० बालबालिका बोकेको स्कुल बसमा बम आक्रमण, ५ जनाको मृत्यु

नेपालखबर
जेठ ७, २०८२ बुधबार १३:३९, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा बुधबार बिहान स्कुल बसमा आक्रमण भएको छ। जसमा परी तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

खुजदारका उपायुक्त यासिर इकबाल दस्तीका अनुसार बिहान सबेरै खुजदार सहरको जिरो पोइन्टमा बालबालिका बोकेको बसमा विस्फोट भएको हो।

घटनामा ५ जनाको मृत्यु भएको छ भने घाइतेहरूलाई अस्पताल पठाइएको छ। 

खुजदार प्रहरी चौकीका अनुसार विस्फोटबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ भने नजिकै पार्किङ गरिएको सानो कारमा पनि क्षति पुगेको छ।

विस्फोटक पदार्थ रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो वा आत्मघाती आक्रमणकारीले गरेको हो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन।

प्रहरी अधिकारीहरूका अनुसार बसमा करिब ४० जना बालबालिका यात्रा गरिरहेका थिए।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर घटनालाई बलुच अतिवादीहरूसँग जोडिएको बीबीसीले जनाएको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad