भारतीय प्रान्त महाराष्ट्रको ठाणे सहरमा कोभिड-१९ का कारण युवकको मृत्यु भएको छ।
बीबीसी मराठीका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका युवक २१ वर्षका थिए।
उनलाई गम्भीर मधुमेहका कारण मे २२ मा अस्पताल भर्ना गरिएको थियो। यसपछि शुक्रबार अर्थात् मे २३ मा उनमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भयाे।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा दिइएको जानकारीअनुसार, हाल महाराष्ट्रमा कोरोनाका ५६ सक्रिय केस छन्। देशभरि कुल २५७ कोरोनाका बिरामी छन्।
यसैबीच नोएडामा ५५ वर्षीया महिलामा कोभिड-१९ पोजेटिभ पाइएको गौतम बुद्ध नगरका सीएमओ नरेन्द्र कुमारले जानकारी दिएका छन्।
हालै भारत लगायत धेरै एसियाली देशमा कोरोनाका नयाँ संक्रमण फेरि देखा पर्न थालेका छन्।
Shares

प्रतिक्रिया