ग्लोबल


भारतसँग द्वन्द्व पर्दा पाकिस्तानको समर्थन गर्ने टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै शरिफ

भारतसँग द्वन्द्व पर्दा पाकिस्तानको समर्थन गर्ने टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै शरिफ

नेपालखबर
जेठ ११, २०८२ आइतबार ६:४, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले टर्की, इरान, अजरबैजान र ताजिकिस्तान भ्रमण गर्ने भएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले यी देशका भ्रमण यही मे २५ देखि मे ३० सम्म गर्ने भएका हुन्। 

विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ- शहबाज शरिफले आफ्नो भ्रमणका क्रममा टर्की, इरान, अजरबैजान र ताजिकिस्तानका नेताहरूसँग भेटवार्ता गर्नेछन्।

भारतसँग सैन्य द्वन्द्व भएका बेला टर्की र अजरबैजानले खुलेआम पाकिस्तानलाई समर्थन गरेका थिए।

पाकिस्तानको विदेश मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री शरिफले भारतसँग द्वन्द्वको समयमा पाकिस्तानलाई दिएको सहयोगका लागि मित्र राष्ट्रहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि पाउने उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad